ललितपुर मेयर वुमन्स च्याम्पियनसिप : एपिएफको विजयी सुरुवात

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।

उसले शनिबारको खेलमा प्रदेश–१ माथि ८ विकेटको सहज जित हात पारेको हो । 

प्रदेश–१ ले दिएको १०७ रनको लक्ष्य एपिएफले १८ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

एपिएफकी कप्तान सीता रानामगरले अर्धशतकीय पारी खेलिन् । ५२ रनमा अविजित रहेकी उनले ५० बलमा ७ चौक प्रहार गरिन् । 

ज्योति पाण्डेले ३२ रनको योगदान दिइन् । १२.३ ओभरमा संगीता राईले अप्सरी बेगमबाट क्याच गराउनुअघि उनले ४० बलमा ५ चौका प्रहार गरिन् । इन्दु वर्मा ८ रनमा अविजित रहिन् । 

प्रदेश–१ का संगीता राई र रुविना क्षेत्रीले १–१ विकेट लिए । 



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०६ रनको योगफल तयार पारेको थियो । 

उसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४५ रनको योगदान दिइन् । १६.४ ओभरमा सीता रानामगरले विकेटकिपर ज्योति पाण्डेबाट स्ट्याम्पिङ गराउनुअघि उनले ४८ बलमा ६ चौका प्रहार गरिन् ।



रोमा थापाले ३३ रनको योगदान दिँदा निग्मा तामाङ ७ र निशा शाह ५ रनमा अविजित रहे । 

एपिएफका लागि रेखा रावल, सीता रानामगर, करुणा भण्डारी र विन्दु मगरले समान १–१ विकेट लिए ।

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १२:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया