नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशको राजनीतिले कोल्टे फेरेको बताएका छन्। कपिलवस्तुमा आयोजित पार्टीको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेसँगै देशको राजनीतिले अब कोल्टे फेरेको बताएका हुन्। 'हिजो र आज काठमाडौंको राजनीति अलिकति फेरिएको छ', उनले भने, 'कांग्रेसले अर्को सरकार गठनको पहल लिने भनेपछि राजनीतिले कोल्टे फेरेको छ। मलाई कपिलवस्तु नजानु सरकार गठनमा लागौँ भनेका थिए तर म पुगेर आउँछु भनेर आएँ।'
उनले अब काठमाडौं फिरेर नयाँ सरकारबारे घनिभूत छलफल गर्ने बताए। 'काठमाडौंमा नयाँ सरकार गठनका लागि बैठक बसेर घनिभूत छलफल गर्नुपर्नेछ', उनले भने, 'देशको राजनीतिले कोल्टे फेर्यो, अब नयाँ सरकार बन्छ। तपाईंहरुलाई पनि बधाई छ। अब काठमाडौं फर्किएर म नयाँ सरकार निर्माणमा लाग्छु।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।