किसानको सहजताका लागि सुरु भयो हाट बजार एप

कृषि उत्पादन खरिद–बिक्री गर्ने सहजताका लागि ‘हाट बजार’ मोबाइल ऐप्लिकेसन तयार भएको छ । किसानले आफ्नो उत्पादनहरु हाटमा जसरी बेच्न राखेका हुनेछन् त्यसै गरी ग्राहक तथा बिक्रेताले आफ्नो मूल्यमा सामानहरु मोल–मोलाई गरी खरिद-बिक्री गर्न सक्ने गरी एप्लिकेसन तयार पारेको हाट बजारका प्रवक्ता सुजल श्रेष्ठले जानकारी दिए । 

ट्राभहिल डट कम प्रालि मार्फत् यो एप निर्माण भएको हो ।  ‌हाट बजारकै नाममा शनिबार एक विज्ञप्ति जारी गर्दै यो एप किन्ने र बेच्ने ई-बजार (हटिया) का रुपमा विकास गरेको बताइएको छ । कृषक र उपभोक्ताबीच सिधै  सहज सम्बन्ध स्थापित होस् भन्ने हेतुले यो मोबाइल एपको विकास गरिएको विज्ञप्तिमा जनाइएको छ । यो एप मार्फत् कृषक र उपभोक्ताले सिधा रुपमा आफ्नो मोलमोलाई गरेर सामान खरिद–बिक्री गर्न सक्नेछन् ।

यो एपले युवाहरु माझ ‘हामीले उत्पादनमात्र गर्नु पर्ने रहेछ, तुरुन्त बिक्री हुन्छ’ भन्ने विश्वास पार्न सकिएमा स्वदेशमा नै रोजगार बढ्ने सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १५:५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया