नेपाल–खनाल पक्षले एमाले एकताको पक्षमा दुईमहिने अभियान चलाउने

नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल पक्षले पार्टी एकताको पक्षमा दुई महिने अभियान चलाउने भएको छ । शुक्रबार र शनिबार बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकपछि यस्तो घोषणा गरिएको हो । 

दुई महिने अभियानको नारा ‘नेकपा एमालेको एकतालाई जोगाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने दिइएको छ । सो समूहले ०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ । 

सो समूहले विभिन्न अधिवेशन, महाधिवेशनबाट आएका कमिटीहरु पुनः सञ्चालन गर्ने र आवश्यकताअनुसार पुनर्गठन भएको छ । यसका लागि केन्द्रीय सदस्य र नेताहरुलाई पार्टी प्रतिनिधिका रुपमा जिल्ला–जिल्लामा खटाइने भएको छ । 

बैठकले पार्टी स्थापना दिवस, मनमोहन अधिकारी स्मृति दिवस, मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको पक्षमा विचार गोष्ठीलगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ । 





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १८:१०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया