मास्क नलाउनेलाई प्रहरीले अस्थायी जेलमा पठाउँदै
बंगलादेशमा साता लामो लकडाउन

कोरोना भाइरसको दोस्रो लहरले भारतलाई गम्भीर संकटतिर धकेलेपछि सरकारले कडा नियम ल्याउन थालेका छन्। भातको मध्यप्रदेशस्थित इन्दौर सहरमा मास्क नलगाइ सार्वजनिक स्थानमा निस्किनेलाई अस्थायी जेल बनाएर थुनिन थालिएको छ।

इन्दौरमा मास्क नलगाउनेलाई पुलिसले पक्राउ गर्दै अस्थायी जेलमा पठाउन थालेको हो। इन्दौरका डीआईजीका अनुसार मास्क नलगाउने र कोभिड नियम पालना नगर्नेलाई पुलिसले खुला जेल पठाइरहेको छ। सबै मानिसलाई कोभिड नियम पालना गराउन यो नियम लागु गरिएको हो। यो अभियान प्रहरीले जारी राख्ने उनले बताए। 

कोरोना भाइरसको दोस्रो लहर भारतमा तीव्र गतिमा बढिरहेको छ। पछिल्लो २४ घण्टामा भारतमा करिब ९० हजार नयाँ संक्रमित थपिएका छन्। पहिलो लहरभन्दा दोस्रो लहर भारतमा तीव्र गतिमा फैलिन थालेको हो। 

राजधानी सहर दिल्लीमा पछिल्लो २४ घण्टामा ३५ सय ६७ नयाँ संक्रमित थपिएका छन्। जहाँ १० जनाले ज्यान गुमाएका छन्। उता छिमेकी देश बंगलादेशमा सात दिन लामो लकडाउन गरिएको छ। यो लकडाउन सोमवार अर्थात ५ अप्रिलदेखि लागु हुनेछ। 





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १९:५२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया