जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी भएको हो ।
तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले दिएको जानकारी अनुसार ३५ घर जलेर नष्ट भइसकेका छन् । आगो नियन्त्रण गर्न सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने प्रयास भइरहे पनि पानीको अभावका कारण आगो निमाउन नसकेको बोहोराले बताए ।
जलेर नष्ट भएका ३५ घरमा राखिएका अन्नपात नष्ट भएको छ । आगलागीले घर नष्ट पारेपछि केही स्थानीय बेहोस भएका छन्
यो बस्ती वर्षायाममा छ महिना बस्ने बस्ती हो । हिउँदमा यस ठाउँमा हिमपातसँगै अत्यधिक चिसो हुने भएकाले सबैजना ढिपुगाउँमा बस्छन्।
वडाअध्यक्ष बोहोराका अनुसार स्थानीयहरु ढिपुगाउँबाट केही दिनपछि मुल्ली जाने तयारीमा थिए । मुल्मीमा रहेको घरमा स्थानीयले अन्नपातहरु भण्डारण गरेर राखेका थिए ।
आगलागी भएको खबर पाएपछि तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतिर पठाइसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।