कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, २ जना घाइते
फरकधार / २२ चैत, २०७७
फाइल फोटो

मकवानपुरमा एक कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–१ सानुटारमा शनिबार राति दुर्घटना भएको हो । 

त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ जाँदै गरेको ना५ख ८१२९ नम्बरको कन्टेनरले विपरीत दिशातर्फ आउँदै गरेको ना१९प ८९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारले जानकारी दिए। 

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–५ बस्ने  २४ वर्षीय अनिष खड्काको रहेको प्रहरी निरीक्षक अधिकारले बताए । उनी मोटरसाइकलका चालक हुन् । 

सोही दुर्घटनामा परी कन्टेनर मालिक भीमफेदी–२ बस्ने २३ वर्षीय सुरेश घलान र चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ बस्ने अन्दाजी ३२ वर्षीय मधुकर विष्ट घाइते भएका छन् । 

घाइते घलानको हेटौँडा चुरेहिल अस्पतालमा उपचार गरी थप उपचारका लागि चितवनको पठाइएको छ । घाइते  विष्टको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ ।

  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १०:४:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया