नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य स्थिर बनेको छ । शुक्रबार ८७ हजार ४ सय रहेको छापावाल सुनको यो साताको पहिलो दिन आइतबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि शुक्रबारको तुलनामा कुनै परिवर्तन आएको छैन । नेपाली बजारमा चाँदी आज प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।