सेयर बजारमा कीर्तिमान : साताको पहिलो दिन हालसम्मकै उच्च विन्दुमा

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेले कीर्तिमान बनाएको छ। आइतवार कारोबार खुलेको एक घण्टामै सेयर कारोबारले रेकर्ड तोडेको हो। आइतबार दिउँसोसम्म नेप्से २२.६१ अंकले बढेर २६५४.५० अंकमा पुगेर नयाँ रेकर्ड बनाएको हो।

यसअघि नेप्से गत फागुन ९ गते २६४० अंकको बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको थियो। तर आज उक्त रेकर्ड पनि तोडिएको छ। लगानीकर्ताहरु उत्साहित हुँदा सेयर बजारमा हरियाली छाएर कीर्तिमानी विन्दुतर्फ अघि बढेको हो। 

आज बैंक, विकास बैंक, जलविद्युत्, बिमासहितका मुख्य क्षेत्रको सेयर बजार बढेको छ। तर ट्रेडिङ र होटल टुरिजमको बजार भने घट्न पुगेको छ 





  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १३:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया