'हामी आधिकारिक एमाले हौँ, ओलीले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो'

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु नै आधिकारिक भएको बताएका छन्। झलनाथ खनाल-माधवकुमार नेपाल पक्षीय काठमाडौं जिल्लास्तरीय भेलालाई आइतवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'यो आधिकारिक पार्टीको भेला हो। बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य हुनुहुन्छ। वरिष्ठ नेता हरु दुवैजना यहीँ छन्', उनले भने, 'छुटेकाहरूलाई पनि हामी विस्तारै तान्‍ने छौँ, यो भेलामा चुम्बकीय शक्ति छ। पार्टी नेतृत्व गर्ने व्यक्ति हामी नै हौँ।'

उनले मदन भण्डारीको नेतृत्वपछि आफूले १५ वर्ष पार्टी हाँकेको जिकिर गरे। 'मदन भण्डारीको निधनपछि १५ वर्ष पार्टी हाँकेकाहरू यहीँ छन्। अरुले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो', उनले भने, 'विचार र इतिहासले निर्देशन दिने कुरा फरक हो। हामी नै आधिकारिक हौँ। एमालेको आधिकारिक भेला यही हो।'

उनले अब ओली पक्षमा रहेका अन्य नेताहरु पनि आउने बताए। 'यहाँ आउन बाँकी बिस्तार यतै आउनुहुन्छ। २०३८ देखि महासचिव झलनाथजी यहीँ हुनुहुन्छ। मदन भण्डारी बिचार बोकेका हामी यही छौँ। अरु कुनै पार्टी आधिकारिक होइन, कब्जा गर्नु बेग्लै कुरा हो।'

नेता नेपालले केपी ओली नेतृत्वको पार्टी अब पार्टी नभइ सानो गुट बनेको बताए। 'हाम्रो संघर्ष केपी प्रवृत्तिविरुद्ध हो', उनले भने, 'उहाँहरु दलाल पुँजीपतिहरूसँग साँठगाँठ गरिरहनु भएको छ। उहाँले दलाल पुँजीवादको संरक्षण गरिरहनु भएको छ।'

भिडियो





  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १४:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया