वनको डढेलोले घरमा आगलागी, वृद्धाको मृत्यु
फरकधार / २३ चैत, २०७७
फाइल फोटो

मकवानपुरको भीमफेदीमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका–३ पारीपाखामा रहेको एक घरमा आगलागी हुँदा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको हो । 

जंगलमा लागेको डढेलोका कारण घरमा आगलागी भएको थियो । स्थानीय प्रितिबहादुर सिन्तानको घर र गोठ जलेर नष्ट भएको छ । आगलागीमा परी

गोठमा रहेका १० बाख्रा अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको भएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार ९:१९:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया