कोरोनाले बिरामी परेपछि अस्पताल भर्ना भए अक्षय कुमार

कोरोनाको दोस्रो लहरको कहर सबैभन्दा धेरै भारतको मुम्बईमा देखिएको छ। अब बलिउड उद्योगमा पनि  कोरोनाले सताउन थालेको छ। हिजो मात्रै कोरोना संक्रमित बलिउड अभिनेता अक्षय कुमार बिरामी परेपछि अस्पताल नै भर्ना भएका छन्। 

उनी कोरोना भाइरसबाट संक्रमित भएपछि होम क्वारेन्टाइनमा थिए। तर अवस्था बिग्रिँदै गएपछि उनी अस्पताल नै भर्ना भएका हुन्। 

उनलाई मध्य मुम्बईको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको छ। यसको जानकारी अक्षयले सामाजिक सञ्जालमार्फत दिएका छन्। अक्षयले लेखेका छन्, 'तपाईंहरुको प्रार्थनाको असर देखिएको छ। मलाई राम्रो महसुस गरिरहेको छु तर केही स्वास्थ्यसम्बन्धी कारणले अस्पतालमा भर्ना हुँदैछु। चाँडै घर फर्किनेछु, आफ्नो  ख्याल गर्नुहोला।'

उनी आइतवार कोरोना संक्रमित भएका थिए। उनले आफूलाई तत्कालै होम आइसोलेसनमा लगेका थिए। तर घरमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल नै भर्ना भएका हुन्। 





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार ११:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया