एनभिए कप भलिबल : भरतपुर र एपिएफ विजयी

पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत सोमबारका महिलातर्फका खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् र विभागीय टोली नेपाल एपिएफ क्लबले जित दर्ता गरेका छन् । 

त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भएको सोमबारको पहिलो खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्ले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

पहिलो जित निकाल्ने क्रममा भरतपुरले पहिलो सेट २५–२१ दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको हो । 

भरतपुर पहिलो खेलमा नेपाल पुलिस क्लब, दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो । 

लगातार पाँचौं पराजय बेहोर्दै ढोरपाटन बिना अंक प्रतियोगिताबाट बाहिरिएको छ । ऊ पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब, दोस्रो खेलमा नेपाल एपिएफ क्लब, तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र चौथो खेलमा नेपाल पुलिस क्लबसँग समान ३–० सोझो सेटमा पराजित भएको थियो ।

आजकै विभागीय डर्बीमा उत्कृष्ट पुनरागमन गर्दै नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।



पहिलो सेट २५–१९ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१७ चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै दोस्रो जित दर्ता गर्‍यो ।  

एपिएफले पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गर्दा दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग ३–२ को सेटमा पराजित भएको थियो ।



पहिलो पराजय बेहोरेको आर्मीले पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–२, दोस्रो खेलमा ढोरपाटन स्पोर्ट्स क्लब र तेस्रो खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्लाई समान ३–० को सोझो सेटमा हराएको थियो ।

  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १३:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया