नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार ८७ हजार ४ सय मूल्यमा किन-बेच भएको छापावाल सुनको यो साताको दोस्रो दिन २ सय रुपैयाँले घटेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आइतबार १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले घट्दा १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १७ सय २५ अमेरिकी डलरमा कायम छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।