ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश–१ ले पहिलो जित दर्ता गरेको छ ।
उसले सोमबार लुम्बिनी प्रदेशमाथि १० विकेटको सानदार जित दर्ता गरेको हो ।
लुम्बिनीले दिएको १०५ रनको लक्ष्य प्रदेश–१ ले १३.२ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो ।
प्रदेश–१ का लागि अविजित रहेका ओपनर द्वय कप्तान रुविना क्षेत्रीले ६८ र काजल श्रेष्ठले २५ रनको योगदान दिए ।
रुविनाले ४९ बलमा १२ चौका र १ छक्का प्रहार गर्दा काजलले ३२ बलमा ३ चौका प्रहार गरिन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीका लागि सस्वती जिएमले अर्धशतकीय पारी खेलिन् । ५० रनमा अविजित रहेकी उनले ६६ बलमा ५ चौका प्रहार गरिन् ।
कप्तान नेरी थापाले अविजित २० र अनुराधा नितु भण्डारीले १८ रनको योगदान दिए ।
प्रदेश–१ का सबनम राईले १ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भएको थियो ।
पहिलो खेलमा प्रदेश–१ ले नेपाल एपिएफ क्लबसँग ८ विकेट र लुम्बिनीले ललितपुर मेयर ११ सँग २७ रनको पराजय बेहोरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।