काठमाडौंमा सार्वजनिक कार्यक्रम गर्न निषेध, कोभिडको रिङ टोन फेरि बजाइने

कोरोना भाइरसको दोस्रो लहरको त्रास बढिरहेका बेला सरकारले काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थानमा गरिने कार्यक्रमलाई निषेध गरेको छ।

काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति (डिसिएमसी) को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहितको उपस्थितिमा भएको बैठकले अतिजरुरी कार्यक्रम गर्दा पनि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने निर्णय गरिएको छ।

कोरोनाको पहिलो लहर कम भएपछि बन्द गरेको कोरोनासम्बन्धी मोबाइल रिङ टोन फेरि बजाउने निर्णय पनि समितिले गरेको छ। 'टेलिफोन तथा मोबाइलमा बज्ने रिङ टोनमा कोभिड-१९ सम्बन्धी सूचनाहरु/जिङ्गलहरु फेरि बजाउने निर्णय भएको छ', समितिले भनेको छ।

समितिले सरकारी तथा गैरसरकारी कार्यालयमा स्वास्थ्य मापदण्ड पालना भए नभएको पनि अनुगमन बढाउने भएको छ। त्यसका लागि जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले अनुमगन गर्ने भएका छन्। 





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १५:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया