पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा ललित बसेल

नेपाल पत्रकार महासंघ सुर्खेतको अध्यक्षमा ललित बसेल निर्विरोध निर्वाचित भएका छन् । प्रमुख तीन संगठन नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस संगठन नेपालबीच सहमति भएसँगै बसेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 

यस्तै, महिला उपाध्यक्षमा सविता जिसी, सचिवमा ललित बुढा, सह–सचिव (खुला)मा ईश्वर अधिकारी, सह–सचिव (समावेशी)मा टेकेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा ललित गाहा निर्विरोध निर्वाचित भएका छन् । दलित सदस्यमा लालसिंह मिजार, महिला सदस्यमा करिश्मा चौधरी र जनजाति सदस्यमा कल्पना ढेगामगर पनि निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै, महासंघको उपाध्यक्ष (खुला) र खुलातर्फका ८ सदस्यका लागि निर्वाचन हुने भएको छ । उपाध्यक्षमा सुदीप पुरी र खगेन्द्र अधिकारीको उम्मेदवारी परेको छ भने खुलातर्फ आठ सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको छ । खुलातर्फ हस्तराज रेग्मी, पुनम बिसी, सुशील खड्का, चिन्तामणि कँडेल, टेकराज केसी, पूर्णबहादुर खड्का, विनोद लम्साल, युवराज पंगाली, विवश सेजुवाल र यज्ञ खत्रीले उम्मेदवारी दिएका छन् ।
 
राष्ट्रिय र प्रदेश परिषदमा पनि निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय परिषदमा श्रीधर पौड्याल, कमल पन्त, दुर्गा थापा, धर्मराज जिसी र पृथ्वीबहादुर सिंह निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश परिषदमा भने सुरेश पन्त, नारायणबहादुर खड्का, सिर्जना बुढाथोकी, खिम बुढा, सुरेश आचार्य, प्रकाश पौडेल, देवराज जैशी, सूर्यप्रकाश कँडेल, गीता थापा, कुमार ढकाल, गोविन्द खत्री र गणेशबहादुर वली निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १९:११:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया