पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले सोमबार दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरी विरोध प्रदर्शन गरेको हो । 

विरोध प्रदर्शनमा नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले सबै क्षेत्रमा मूल्य वृद्धि गराउने भन्दै सरकार बजारलाई महाँगो बनाउन उद्यत रहेको बताए । 

अप्ठ्यारो परिस्थितिमा जनतालाई राहत दिनुपर्ने सरकारले उल्टै पेट्रोलियम पदार्थको पटकपटक मूल्य बढाएर दुःख दिइरहेको उनले बताए । 

आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको थियो । 

मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ । 





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १९:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया