नागरिकता विधेयक संसदबाट पास गराउन सरकारको ध्यानाकर्षण

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले नागरिकतासम्बन्धी विधेयकलाई संसदबाट पास गराउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभापति श्रेष्ठले आफ्नो समितिबाट पास भएर प्रतिनिधिसभाको बैठकमा पेस भएको नागरिकतासम्बन्धी विधेयक संसदमा नै अड्किएकोमा गम्भीर ध्यानाकर्षण जनाएकी हुन् ।

नागरिकता राज्य र व्यक्तिबीचको महत्वपूर्ण सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधारभूत दस्ताबेज भएको भन्दै उनले नागरिकताको अभावमा कयौ युवाहरु शिक्षा स्वास्थ्यजस्ता मौलिक हकबाट वञ्चित हुनुको साथै बेरोजगार बनेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले कुनै पनि व्यक्तिको स्वतन्त्र अस्तित्वको पहिलो पहिचान नै नागरिकता भएको र त्यसैको आधारमा अन्य अधिकार प्राप्त हुने भएकाले नागरिकलाई पहिचानको आधार नागरिकता प्रदान गर्नु राज्यको दायित्व भएको बताइन् ।  

नागरिकतासम्बन्धी विधेयक ०७७ साल असार ८ गते समितिबाट पारित भई ९ गते प्रतिनिधिसभामा पेस भएको स्मरण गर्दै उनले १० महिनासम्म पनि विधेयक पास हुन नसक्दा आफूलाई सरम लागेको बताइन् ।

उनले भनिन्, ‘यस विषयमा सरकार किन गम्भीर हुन सकिरहेको छैन ? म आफैँलाई पनि यी कुराहरु भनिराख्दा अत्यन्तै सरम लाग्छ कि यो विषय पनि पास गरेन भनेर उल्टै समितिलाई दोष लगाउने काम भएको छ । घामजत्तिकै छर्लङ्ग विषयलाई दिउँसै अँध्यारो पार्ने काम नहोस् भन्ने कुराको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले  संसद चलाउन सरकारले बिजनेस नदिएको आरोप पनि लगाइन् । 





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १९:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया