ललितपुर मेयर वुमन्स च्याम्पियनसिप : एपिएफको लगातार तेस्रो जित

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ ।

उसले मंगलबारको खेलमा ललितपुर मेयर ११ माथि १० विकेटको सानदार जित हात पारेको हो । 

ललितपुरले दिएको ६७ रनको सामान्य लक्ष्य एपिएफले ९.१ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । 

एपिएफका लागि अविजित रहेका ओपनर द्वय राजमति ऐरीले ३३ र इन्दु वर्माले २८ रनको योगदान दिए । राजमतिले ३१ बलमा ४ चौका र इन्दुले २४ बलमा ३ चौका प्रहार गरे । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रनको सामान्य योगफल तयार पारेको थियो । 

ललितपुरका लागि कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उसका लागि कञ्जन श्रेष्ठले सर्वाधिक १७ रनको योगदान दिइन् ।



सन्तोषी चौधरीले अविजित १३ र कप्तान सरस्वती चौधरीले १२ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

एपिएफका बिनु बुढामगरले ४, रेखा रावलले २, सीता राना मगर, सुष्मा विष्ट र करुणा भण्डारीले समान १–१ विकेट लिए ।



एपिएफले पहिलो खेलमा प्रदेश–१ लाई ८ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गरेको थियो । 
पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ७ विकेटले पराजित भएको लतिलपुरले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गरेको थियो ।

  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार ११:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया