रक्तदानमा युवा सहभागिता बढाउनुपर्छ : राजेश झा

प्रदेश २ का प्रमुख राजेश झा अहिराजले रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने बताएका छन् । 

उनले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालिमाटीमा पुगी रक्तदान गर्दै उक्त कुरा बताएका हुन् । झाले ३२ औं पटकको रक्तदान गरेका हुन् ।

‘म नियमित रक्तदाता भएकोमा गर्व गर्दछु’, प्रमुख झाले रक्तदानपछि सोमबार भने ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले रक्तदाता पिन लगाइदिँदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराएका थिए ।

रक्तदान गरेकोमा धन्यवाद पत्र दिँदै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले नेपालको रक्तसञ्चार सेवाको अवधारणाबमोजिम रक्तसञ्चार गतिविधि सुलभ, गुणस्तरीय र मर्यादित बनाएको बताए ।

प्रदेश २ मा रक्तसञ्चार सेवाको स्तर वृद्धि गर्न  नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे र समुदाय केन्द्रित चेतना कार्यक्रम बढाउन देश भरिका रक्तसञ्चार केन्द्रलाई सुझाव दिए । 





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १३:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया