वायु सेवा निगमको सञ्चालकमा प्रधान

नेपाल वायु सेवा निगमको सञ्चालकमा किशोरकुमार प्रधान नियुक्त भएका छन् । विराटनगर १० मोरङका प्रधानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले ४ वर्षका लागि सञ्चालकमा नियुक्त गरेका हुन् ।

नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम निगमको सञ्चालकमा उनी ४ वर्षका लागि नियुक्त भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष रहेर काम गरेका प्रधान राजनीतिबाट प्राय: टाढै रहने गरेका भए पनि केही समयअघि बालुवाटारमा भएको एक कार्यक्रममा एमाले प्रवेश गरेका थिए ।





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १५:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया