माओवादीले चारजना मन्त्रीलाई पार्टी र सांसदबाट हटायो, बादललाई केही गरेन
गिरिराजमणि भन्छन् : बादलको पत्र पनि केही दिनमा जान्छ

नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा गएका चारजना नेतालाई सांसदबाट निलम्बन गरेको छ। माओवादी केन्द्रबाट मन्त्री बनेका चारजना प्रतिनिधिसभा सदस्यहरुलाई सांसदबाट निलम्बन गरेको हो।

माओवादी केन्द्रले चारजना सांसदलाई कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गराएको प्रमुख सचेतक देव गुरुङले बताए। 

पार्टीले सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारका उर्जामन्त्री रायमाझी, आपूर्तिमन्त्री भट्ट, सहरी विकासमन्त्री साह र श्रममन्त्री चौधरीलाई फिर्ता बोलाउँदै माओवादीले यसअघि नै स्पष्टीकरण पनि सोधेको थियो ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलको पत्र पनि तयार भइसकेको जानकारी दिए। उनले केही प्राविधिक कारणले बादलको पत्र आज नपठाइएको हुन सक्ने जानकारी दिए।

'बादललाई कारवाही गरिएको पत्र पनि तयार भइसकेको छ', उनले भने, 'तर उनलाई कारबाही गरिएको पत्र भने केही दिनमा संसद सचिवालयमा जाने खबर पाएको छु।'



तर उनीहरुले सांसद पद गए पनि एमाले नछोड्ने अडान लिए पनि स्पष्टीकरणको जवाफ भने दिएका थिएनन् । माओवादी केन्द्रबाट मणि थापा र दावा लामा पनि मन्त्री छन्।

माओवादी केन्द्रले राष्ट्रिसभा सदस्य गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको छैन। उनलाई कारबाही गरेको पत्र केही दिनपछि संसद सचिवालयमा पठाउने तयारी माओवादी केन्द्रले गरेको छ। 




  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १५:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया