हालसम्मकै उच्च २६७४ बिन्दुमा पुग्यो नेप्से

साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचकमा १५ अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १५.७२ अंकले वृद्धि भई २६७४.४७ बिन्दुमा पुगेको हो । नेप्सेको यो हालसम्मकै उच्च बिन्दु रहेको छ । आइतबारदेखि  क्रमिक रुपमा वृद्धि भएको नेप्से परिसूचकले निरन्तरता पाई मंगलबार पनि वृद्धि भएको छ । 

पछिल्ला तीन दिन लगातार नयाँ अलटाइम हाई रेकर्ड कायम गर्दै नेप्से सूचकले ह्याट्रिक गरेको छ । साताको पहिलो दिन आइतबारदेखि नयाँ रेकर्ड बनाउन थालेको नेप्से सूचक मंगलबार पनि उकालो लागेको हो । सोमबारको उच्च २६५८.७४ बिन्दुको रेकर्ड ब्रेक गर्दै मंगलबार पनि नेप्से सूचक नयाँ उचाइ पुगेको हो । निरन्तर बढाइले नेप्से सूचकले २७ सय विन्दु चुम्ने लयमा देखिन्छ ।

मंगलबार समग्र नेप्से परिसूचक बढ्दा कारोबार रकमसमेत वृद्धि भएको छ । सोमबार ७ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो । जबकि, मंगलबार २१३ कम्पनीका १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर किनबेच भएर ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । 

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक घटेको छ भने बाँकी ७ उपसमूहको सूचक बढेको छ । जलविद्युत्, उत्पादन र होटल तथा पर्यटन समूहले बजार उचाल्दा लघुवित्त र विकास बैंक समूहले पनि बलियो साथ दिएका छन् ।

होटल तथा पर्यटन समूह २०५ अंक, उत्पादन समूह १८३ अंक र जलविद्युत् समूह ११४ अंकले बढ्दा लघुवित्त समूह ६४ अंक र विकास बैंक समूह ३० अंकले बढेका छन् । त्यस्तै, व्यापार समूह सर्वाधिक ४३२ अंकले घट्दा निर्जीवन बिमा समूहको सूचक २८७ अंक र जीवन बिमा समूहको सूचक १९१ अंकले घटेका छन् । यसबाहेक कर्मसियल बैंक तथा फाइनान्स उपसमूहको सूचक पनि घटेको छ । 

यस दिन १४ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा कारोबार भएका छन् । युनाइटेड इदी मार्दी, युनिभर्सल पावर र चिलिमे जलविद्युत् कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।



यस्तै, चन्द्रागिरि हिल्स, वोमी लघुवित्त, एनआइसी एसिया लघुवित्त, सान्जेन जलविद्युत् कम्पनी, शिवश्री हाइड्रोपावर, पञ्चकन्या माई, छ्याङ्दी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, बुटवल पावर र जोशी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

यता, सबैभन्दा धेरै सेयरमूल्य घट्नेमा साल्ट ट्रेडिङ कम्पनी रहेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । यस्तै, सानिमा जनरल, अजोड इन्स्योरेन्स, युनाइटेड फाइनान्स, जनरल इन्सयोरेन्सलगायतको सेयरमूल्य ओरालो लागेका छन् ।



  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १६:४०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया