आहा रारा गोल्डकप : सानदार जितसँगै पुलिस सेमिफाइनलमा

१९ औं संस्करणको आहा रारा गोल्डकप अन्तर्गत मंगलबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब थ्रि स्टार क्लबमाथि ४-० को फराकिलो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसको जितमा बुद्ध बल तामाङले २ र तेज तामाङ र सौजन राईले समान १-१ गोल गरे । 

खेलको २९ औँ मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा तेजले टोलीको अग्रता दोब्बर बनाए ।

७३ औँ मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ८६ औं मिनेटमा सौजनले चौथो गोल गरेपछि पुलिसले सहज जित हात पारेको हो ।

पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट्स एसोसिएसनको सामना गर्नेछ ।





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १७:२८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया