बालाजु क्षेत्रका होटल तथा लजको अनुगमन

पछिल्लो समय बजारमा उपभोक्ता ठगिन थालेको गुनासो बढेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

जिल्ला प्रशासनले पहिलो चरणमा होटल, लजको सेवा तथा खाद्यवस्तुको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । 

अनुगमनका क्रममा काठमाडौंको गोंगबु बालाजु क्षेत्रको होटल लजको अनुगमनमा उपभोक्तालाई दिइने खाद्यवस्तु र सेवामा न्यून गुणस्तरको रहेको पाइएको छ । कतिपय होटल रेष्टुरेन्ट विनादर्ता भई सञ्चालनमा रहेको पनि पाइएको छ ।

मंगलबार गरिएको अनुगमनमा मुख्यगरी सरसफाइलाई ध्यान नदिएको पाइएको छ । अनुगमन मुख्यगरी कारबाही गर्ने भन्दा पनि सचेतना र व्यवहार सुधार्नका लागि भएको प्रशासनले बताएको छ । 

अनुगमनलाई समूह बनाएर विभिन्न क्षेत्रमा गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १९:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया