logo-img

दीपाश्रीलगायत कलाकारको फेसबुक ह्याक : पक्राउ परे १४ वर्षीय किशोर

नेपाली चलचित्रकर्मीको फेसबुक आइडी ह्याक गरी रकम माग गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

दीपाश्री निरौलालगायत केही नेपाली चलचित्र क्षेत्रका कलाकारको फेसबुक आइडी केही साताअघि ह्याक भएको थियो । 

कलाकारको एकाउन्टमा जोडिएका साथीहरूसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।







  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया