त्रिपाठीलाई ५ लाख पुरस्कारसहित ‘महासमालोचक’ को उपाधि

नइ प्रकाशनले प्रा.डा. वासुदेव त्रिपाठीलाई ५ लाख रुपैयाँ पुरस्कारसहित ‘महासमालोचक’को उपाधि प्रदान गर्ने भएको छ । 

प्रकाशन गृहले आफ्नो रजत महोत्सवको अवसरमा त्रिपाठीलाई पाँच लाख रुपैयाँ नगदको ‘नइ रजत महोत्सव पुरस्कार’ प्रदान गर्न लागेको हो ।

समालोचनाको परम्परालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याउनमा विशेष भूमिका खेलेबापत त्रिपाठीलाई उक्त उपाधि र पुरस्कार प्रदान गर्ने निर्णय भएको नइ प्रकाशनले जनाएको छ । 

उपाधि समर्पण समारोहमा त्रिपाठीलाई देशदेशान्तरबाट सार्वजनिक अभिनन्दन गरिने पनि नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १६:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया