आहा रारा गोल्डकप : संकटा पहिलो पटक फाइनलमा

१९ औं संस्करणको आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबमाथि २–० को जित निकाल्दै संकटा क्लब फाइनल प्रवेश गरेको छ । 

संकटालाई पहिलोपटक प्रतियोगिताको फाइनल पुर्‍याउन सुवास गुरुङ र ग्लोरीले १-१ गोल गरे । 

खेलको ३३ औँ मिनेटमा सुवासले गोल गर्दै संकटलाई अग्रता दिलाएका थिए । ९० औँ मिनेटमा ग्लोरीले गोल गर्दै टिमको जित पक्का गरे । 

संकटाले उपाधिका लागि नेपाल पुलिस क्लब र अफ्रिकन रुट्स एसोसिएसनबीचको वितेजासँग चैत २८ मा प्रतिस्पर्धा गर्नेछ ।





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १७:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया