सुदूरपश्चिमका ९ जिल्लामा नेपाल–खनाल समूहले बनायो समानान्तर कमिटी
फरकधार / २५ चैत, २०७७

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा नेकपा एमालेको नेपाल–खनाल समूहले समानान्तर कमिटी बनाएको छ ।

६ जिल्लामा यसअघि नै सो समूहका अध्यक्ष थिए । बुधबार नेता भीम रावलको सक्रियतामा ९ जिल्लामा समानान्तर कमिटी गठन भएको हो ।
 
नेपाल–खनाल समूहले डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्र मल्ल, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट र बाजुरामा गगन रावललाई समानान्तर कमिटीको अध्यक्षमा चयन गरेको छ । 

त्यसैगरी, अछाममा शेरबहादुर कुँवर  र दार्चुलामा ज्ञानेन्द्र घर्ती समानान्तर कमिटीको अध्यक्ष बनेका छन् । 

एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसहित चार शीर्ष नेताहरुलाई पार्टी सदस्य नरहने गरी ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल–खनाल समूहले देशभर समानान्तर गतिविधि बढाएको छ ।

  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १७:२७:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया