सबै अमेरिकी वयस्कले अप्रिल १९ देखि कोरोना खोप पाउने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाका सबै वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाविरुद्धको खोप पाउने घोषणा गरेका छन्।

अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरुको भ्रमण गरेपछि उनले मंगलबार घोषणा गरेका हुन् । यसअघि उनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै नागरिकलाई खोप दिने घोषणा गरेका थिए । 

तर, पनि यहाँ जति सक्दो चाँडो खोप दिनुपर्ने माग बढ्दै गएको छ । यसरी माग बढेपछि उनले सो कुराको घोषणा गरेको समाचारमा जनाइएको छ ।
 
उनका अनुसार अमेरिकामा गएको ७५ दिनमा यहाँका कम्तीमा पनि १५ करोड डोज खोप लगाइसकिएको छ । तर, पनि यस समयभित्रमा यहाँ खोप लगाउन सुरु गरिएको १०० दिन भित्रमा २० करोड  खोप दिइसक्नुपर्ने लक्ष्य लिइएको थियो । 

राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा यहाँ अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञहरुले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गरेका छन् । उनले भनेका छन्– हामीले आगामी दिनमा अझै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ, त्यसैले थप सजग बनौँ, मास्क लगाऊँ र जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना गरौँ ।’

अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देशमा पर्छ । यहाँ अहिलेसम्म तीन करोड १५ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भएका छन् भने ५ लाख ७० हजारभन्दा बढी मानिसको कोभिड १९ को संक्रमणबाट ज्यान गएको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १७:४६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया