त्रिभुवन आर्मी फुटबल क्लबले थप्यो अर्को गोल ४-१ को अग्रता
फरकधार / २५ चैत, २०७७

त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप-२०२१ प्ले अफमा अहिले श्रीलंकन पुलिस स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गरिएको छ । 

नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिससँग खेलिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा आर्मीले श्रीलंकन पुलिसविरुद्ध पहिलो हाफमा बनाएको २-१ गोलको अग्रतालाई दोब्बर पारेको छ । 

खेलको २८ औँ मिनेटमा इभान इसान्टेले गोल गर्दै श्रीलंकन पुलिसलाई अग्रता दिलाएका थिए  । खेलको ४१ औँ मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए ।  खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै २-१ गोलको अग्रता दिलाए । 

दोस्रो हाफको ५० मिनेटमा आर्मीका लागि टंक बस्नेतले गोल गर्दै ३-१ को अवस्थामा खेललाई पुर्‍याएका थिए भने सुनील राईले ८४ ‌औं मिनेटमा गोल थप्दै आर्मीलाई ४-१ का स्थितिमा पुर्‍याएका हुन् । 

आजको खेलमा आर्मी सहज जित निकाल्ने योजनामा छ । 

  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १९:२१:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया