बालिका बलात्कारपछि हत्याको विरोधमा नेवि संघको प्रदर्शन

मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा नेवि संघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेकाे छ ।

गत चैत २१ गते शनिबार हराएकी मुगुको सोरु गाउँपालिकाकी ९ वर्षीया बालिकाको शव सोमबार कर्णाली नदीमा फेला परेको थियो ।

सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग राखेर विद्यार्थीहरुले बुधबार प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले बलात्कारीलाई फाँसी दे, पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दे लगायत नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार २०:३६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया