पत्रकार महासङ्घ निर्वाचन : रासस कार्यसमिति निर्विरोध

नेपाल पत्रकार महासङ्घ राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा पवित्रा गुरागाइँ निर्वाचित भएकी छन् । महासङ्घको आज सम्पन्न २६औँ महाधिवेशन तथा निर्वाचनमा गुरागाईंको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । 

उपाध्यक्षमा अच्युत रेग्मी, महिला उपाध्यक्षमा मोहिनी रिसाल, सचिवमा छविलाल कुमाल, सहसचिवमा रोशा बस्नेत, सहसचिव ९समावेशी०मा शर्मिला पाठक र कोषाध्यक्षमा दिलीप अधिकारी निर्वाचित भएका छन् । यस्तै सदस्यमा कृष्णप्रसाद सापकोटा, गीता पराजुली र रेशमा शाक्य निर्वाचित भएका छन् । महासङ्घको केन्द्रीय परिषद् सदस्यमा दिलीपप्रसाद शर्मा चयन भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई आज प्रमाणपत्र वितरण समारोहमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले देशभर पत्रकार महासङ्घको निर्वाचन भइरहेको अवस्थामा राससभित्र सर्वसम्मत महिला नेतृत्व चयन गरेर उदाहरणीय काम प्रस्तुत गरेको बताए । 

उनले नयाँ कार्यसमितिले राससभित्रका श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने र राससलाई अग्रणी समाचार संस्थाका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

प्रमुख निर्वाचन अधिकृत राजु शाक्यले आगामी दिनमा सफल ढङ्गले कार्यसम्पादन गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे । महासङ्घका केन्द्रीय प्रतिनिधि एकराज पाठकले नेपाल पत्रकार महासङ्घको नयाँ व्यवस्थानुसार नयाँ कार्यसमिति आएको भन्दै कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार २०:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया