मौसम : दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणलीको प्रभाव
फरकधार / २६ चैत, २०७७
फाइल फोटो

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार  नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली  रहेको छ साथै देशका केही स्थानमा तुवाँलो  लागिरहेको छ । 

 आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली  रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक देखि समान्य रही बाँकी भू–भागमा आंशिक बदली  रहनेछ । पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार ६:४०:५०,   अन्तिम अपडेट : चैत २६, २०७७ बिहीबार ६:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया