ध्रुबबहादुर प्रधानको घरमा किन जम्मा भए १२ जना पूर्व आइजिपी ?
फरकधार / २६ चैत, २०७७

नेपाल प्रहरीका अवकाश प्राप्त १२ जना प्रहरी महानिरीक्षक(आइजिपी) एकै ठाउँ भेला भएका छन् । 

पूर्वप्रहरी महानिरीक्षण  ध्रुबबहादुर प्रधानको महाराजगञ्जस्थित घरमा बुधबार १२ जना आइजिपिहरु जम्मा भएका हुन् । 

 भेटमा अवकाशप्राप्त महानिरीक्षकहरु मोतीलाल बोहरा, ध्रुबबहादुर प्रधान, अच्युतकृष्ण खरेल, श्यामभक्त थापा, ओमविक्रम राणा, रमेश चन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली सहभागी थिए । 

प्रहरी इतिहासमै यसरी अवकाशप्राप्त १२ महानिरीक्षकहरुमात्र एकै ठाँउमा भेटघाट गरेको यो पहिलो पटक हो । 

 स्रोतका अनुसार भेटका लागि सबैलाई ध्रुबबहादुर प्रधानले बोलाएका थिए । प्रधान २०५२–२०५३ सालमा करिब एक वर्ष नेपाल प्रहरीको आइजिपी रहेका थिए । उनीभन्दा अघिल्ला आइजिपी मोतीलाल बोहरा हुन्  । प्रधानभन्दा पछिका आइजिपी अच्युतकृष्ण खरेल हुन् । 

प्रधानको घरमा सबैजना भेट भएर खाजा खाँदै भलाकुसारी गरेको स्रोतले जानकारी दिएको छ । उनीहरुले देशको सुरक्षा, राजनीति, घरायसी तथा पारिवारिक विषयमा कुराकानी गरेका थिए । 

यसैगरी कम्तिमा महिनामा एक पटक भेट गर्ने योजना उनीहरुको यस जमघटले गरेको स्रोतले जानकारी दिएको छ । 

 

  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार ८:८:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया