प्रतिष्ठान प्रदेशमा बालकृष्ण अधिकारी र ललितपुरमा सागर न्यौपानेको प्यानल विजयी
फरकधार / २६ चैत, २०७७
प्रतिष्ठान प्रदेश शाखाको विजयी टोली ।

बुधबार भएको पत्रकार महासंघको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । काठमाडौंमा भइरहेको मतगणनामा प्रतिस्ठान प्रदेश र ललितपुर जिल्ला शाखाको मत परिणाम आएको छ । 

मतगणना स्थलमा रहेका पत्रकार लेखनाथ न्यौपानेका अनुसार पत्रकार महासंघ ललितपुर जिल्ला शाखामा सागर न्यौपानेको पूरै प्यानल विजयी भएको छ । 
न्यौपानेको प्यानलले बालमुकुन्द आचार्यको प्यानललाई हराएको हो । 

त्यसैगरी प्रतिष्ठान प्रदेशको पनि मतपरिणाम आएको छ । यसमा बालकृष्ण अधिकारीको पूरै प्यानल विजयी भएको उपाध्यक्षमा निर्वाचित भएका पत्रकार वीरेन्द्र ओलीले जानकारी दिए । 

काठमाडौं उपत्यकाको सबै मतगणना तिलगंगास्थित पत्रकार महासंघको कार्यालय र प्रेस काउन्सिलको कार्यालयमा लगि गणना हुँदैछ । केहीबेरमा केन्द्रको मतगणना सुरु हुने मतगणना स्थलमा रहेका पत्रकारहरुले जानकारी दिएका छन् । 

  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार ८:२१:१७,   अन्तिम अपडेट : चैत २६, २०७७ बिहीबार ९:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया