'नेकपा माओवादी केन्द्र अहिले न पोथी न भाले बनेको छ'

नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रलाई न पोथी न भालेको संज्ञा दिएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले नेकपा माओवादी केन्द्रलाई न पोथी न भालेको संज्ञा दिएका हुन्। 

माओवादीले प्रधानमन्त्रीले कि विश्वासको मत लिनुपर्ने कि त राजीनामा दिनुपर्ने कुरा संसदमा उठाइरहेका बेला सांसद बस्नेतले यस्तो जवाफ दिएका हुन्। 'हिजो एमाले न पोथी न भाले भन्ने माओवादी केन्द्र आफैँ अहिले न पोथी न भाले बनेको छ', उनले भने, 'अहिले माओवादी सरकारलाई दिएको समर्थन न फिर्ता लिन सक्छ न अविश्वासको प्रस्ताव नै हाल्न सक्छ, त्यसैले उसको हैसियत अहिले न पोथी न भाले भएको छ।'

उनले संसदमा अविश्वास हालेर हटाए एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताए। 'सरकारलाई संसदमा अविश्वास हालेर हटाए हुन्छ', उनले अगाडि भने, 'हामी प्रतिपक्षमा बस्न तयार छौँ।'





  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार १५:७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया