स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ६ सय ८ पुगेको छ ।
हालसम्म नेपालमा कोरोनाको कारण ३ हजार ३८ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृतक हुनेको संख्या शून्य रहेको छ ।
मन्त्रालयमा अनुसार हाल नेपालमा ७७ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म २३ लाख २ हजार १ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यसअघि बुधबार ३ सय ३९ जना र मंगलवार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५४ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।