गगनलाई महेश बस्नेतको कटाक्ष : बोकाको शैलीले दाइँ गरिँदैन, गोरुकै शैली चाहिन्छ

सत्तारुढ दल नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ नदेखाउने कांग्रेसका सांसदलाई सुझाब दिएका छन् ।

प्रतिनिधिसभामा बिहीबार बोल्दै सांसद बस्नेतले भने, ‘बोकाको शैलीले दाइँ गरिँदैन र दाइँ गर्नका लागि गोरुकै शैली चाहिन्छ ।’ कांग्रेस सांसद गगन थापालाई इंगित गर्दै उनले असफल सिद्ध भएका नेताहरुको चेलाहरूले भूमिका खेलेको आरोप लगाए । 

बिहीबारकै बैठकमा कांग्रेस नेता थापाले प्रधानमन्त्रीले उद्घाटनमा रमाएको र त्यसैलाई विकासका रुपमा प्रस्तुत गरेको आरोप लगाउँदै तथ्यमा टेकेर बहस गर्न चुनौती दिएका थिए ।

प्रधानमन्त्री ओलीमा राजनेताको रुपमा अगाडि बढ्ने लक्षण देखिँदै आएको दाबी गर्दै उनले विकास निर्माणको विरोध गर्ने सांसदले  ‘मेरो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन’ भन्न चुनौती दिए । 

रानीपोखरी, धरहरा र दरबार हाई स्कुल बनेको कुरामा कसैले टाउको दुखाउनुपर्ने भन्दै उनले १ सय ९६ अस्पताल र १ सय ६४ वटा रणनीतिक सडकको रुपमा शिलान्यास भएको उदाहरण प्रस्तुत गरे । 

सरकारले वैदेशिक व्यापार र गुमेको भूमि फिर्ता ल्याउन महत्वपूर्ण भूमिका खेलेको, अख्तियारलाई बलियो बनाउने भूमिका खेलेको,  सम्पत्ति शुद्धीकरण तथा राजश्व अनुसन्धानजस्ता कार्यालय व्यवस्थित गरेको उनले बताए । 



राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटे मात्रै वर्तमान सरकारले विश्वासको मत लिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीको राजीनामा माग्नु ‘कुतर्क’ भएको टिप्पणी गरे । 



  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार १९:१६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया