पत्रकार महासंघ काठमाडौंमा सुवेदीको प्यालन विजयी, कसले कति मत ल्याए ?

बुधबार भएको पत्रकार महासंघको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सबैभन्दा धेरै पत्रकार महासंघको सदस्यता भएको काठमाडौं जिल्लामा सूर्य सुवेदीको प्यानलले जित हात पारेको छ । 

बिहीबार राति आएको मतपरिणाम अनुसार, प्रेस संगठनमा आवद्ध सुवेदीले अध्यक्षमा जित हात पारेका हुन् । प्रेस संगठन, प्रेस युनियन, माधव नेपाल निकट प्रेस चौतारी लगायतका संगठनको संयुक्त प्यानल विजयी भएको हो। 

१ हजार २ सय ३४ मत खसेकोमा सुवेदीले ७ सय १३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत ल्याएका छन् ।

उपाध्यक्ष खुल्लामा रामचन्द्र दुलाल (भाञ्जा) ४६२ मत ल्याएर विजयी भएका छन् । त्यही पदको लागि उम्मेदवारी दिएका रमेश ढुंगानाले १२३ र अमिर लामाले ४३८ मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा अप्सरा गौतमले ५८८ मत ल्याएर विजयी हुँदा तारादेवी नेपालले १७५, सीतामाया पौडेलले १८४ र संचिता पौडेलले ५२ मत ल्याएका छन् ।

सचिवमा महेश्वर गौतमले ४३३ मत ल्याएर विजयी हुँदा पर्वतराज घिमिरेले ११४, पुष्कर बस्नेतले २९० पृथ्वी बहादुर बस्नेतले १०२ र भीम बहादुर लामाले ९१ मत ल्याएका छन् ।



सह सचिव खुल्लामा अर्जुन डोटेल ५८२ मत ल्याएर विजयी हुँदा मुकुन्द प्रसाद भुषालले १९३, राजु लामिछानेले ७९ र प्रशान्त वलीले १५८ मत ल्याएका छन् ।

कोषाध्यक्षमा अजित अधिकारीले ५८७ मत ल्याएर विजयी हुँदा मुकुन्द कुमार ढुंगानाले ३१३ मतमा चित्त बुझाउनु परेको छ ।



खुल्ला सदस्यमा कमलराज राई (५८०) कृष्णप्रसाद ढुंगेल(४१३) कृष्णराज गौतम (४१५) बुद्ध योञ्जन लामा (४५१) रमेश कुमार बोहरा (४६७) रमेश लामिछाने (३८०), रीना श्रेष्ठ (३८७) र शैलेश डंगोल (३७१) मत ल्याएर विजयी भएका छन् ।
८ जना खुल्ला सदस्यको लागि २१ जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै मधेशी सदस्यमा मीना कुमारी यादवले ६६५ मतका साथ विजयी भएकी छिन् भने दलित सदस्यमा ७२८ मतका ल्याएर शोभा नेपाली विजयी भएकी छिन् ।

सदस्य अन्य समावेशीमा दिपक काफ्‍लेले ५२९ मत ल्याएर विजयी भएका छन् भने महिला सदस्यमा शोभा अर्यालले ५६१ मत ल्याएर विजयी भएकी छिन् । उनको प्रतिद्वन्द्वी कमला हमालले ३७४ मतमा चित्त बुझाउनु परेको छ ।

सदस्य आदीवासी जनजातिमा सुवास कुमार सुनुवार (मुखिया) ले ४९७ मत ल्याएर विजयी भएका छन् ।

काठमाडौं जिल्लाका उम्मेदवारले पाएको मत 

  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १०:१५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया