तोलामा ९ सयले बढ्यो सुन

नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य घटबढ भइरहेको छ। शुक्रबार सुनको मूल्य तोलामै ९ सयले बढेर छापावाल सुन ८९ हजार ९ सय पुगेको छ। बिहीबार सुन प्रतितोला ८९ हजार रुपैयाँमा कायम थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार ४५० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १ हजार २८० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  अघिल्लो दिन चाँदी १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १३:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया