ललितपुर मेयर वुमन्स च्याम्पियनसिप : उपाधिका लागि एपिएफलाई १०७ रन आवश्यक

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि अहिले सुदूरपश्चिम प्रदेश र विभागीय टोली नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा जारी छ ।

खेलको पहिलो पारी सकिँदा एपिएफले उपाधिका लागि १०७ रनको लक्ष्य पाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रनको योगफल तयार पारेको छ ।

सुदूरपश्चिमका लागि विन्दु रावलले अविजित ४४ रनको योगदान दिइन् । ५४ बलको सामना गरेकी उनले ४ चौका प्रहार गरिन् ।

डली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रन बनाए ।

एपिएफका सीता रानामगर, करुणा भण्डारी, रेखा रावल, विनु बुढामगर र सुष्मा श्रेष्ठले समान १–१ विकेट लिँदा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
 





  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार १२:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया