लगातार तेस्रो पटक दुर्गा बुढालाई धनगढी हाफ म्याराथनको उपाधि

धनगढीमा सम्पन्न सातौं संस्करणको हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् । ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसिसले यसको आयोजना गरेको हो ।

२१ दशमलव १ किमिको दूरी १ घण्टा ०६ मिनेट ०८ दशमलव १८ सेकेन्डमा पार गर्दै बुढाले लगातार तेस्रो पटक उपाधि जितेका हुन् ।  उनले पुरस्कार स्वरुप नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै बैतडीका नरेन्द्र रावतले निर्धारित दूरी १ घन्टा ०९ मिनेट ०८ दशमलव ५३ सेकेन्डमा पार गर्दै दोस्रो भएका छन् भने सशस्त्र प्रहरीका सन्तोष विष्ट तेस्रो भएका छन् ।

उनले २१ दशमलव १ किमिको दूरी १ घन्टा १२ मिनेट ०४ दशमलव २७ सेकेन्डमा पार गरे । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र बिष्टले नगद ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेका छन् । 

यसैगरी पहिलो पटक आयोजना गरिएको खुला ५ किमि महिला तर्फको उपाधि कैलालीकी सीमा चौधरीले प्राप्त गरेकी छन् ।

उक्त दूरी २० मिनेट दशमलव ११ सेकेन्डमा पूरा गर्दै उनले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरिन् । त्यस्तै सीता चौधरी दोस्रो र नेहा खड्का तेस्रो भए । चौधरीले निर्धारित दूरी २० मिनेट ४४ दशमलव २८ सेकेन्ड र खड्काले २२ मिनेट ६ दशमलव ३१ सेकेन्डमा पूरा गरेका थिए ।



दोस्रो र तेस्रो हुनेले क्रमशः ३ हजार ३ सय ३३ रुपैयाँ र २ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे । बिजेता खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्ट धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरु लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।



  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार १४:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया