चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको ‘प्रेमगञ्ज’ का लागि नायिका सम्पदा बानियाँ पनि छनोट भएकी छन् । यसअघि अडिसनमार्फत् केही कलाकार छनोट भएका थिए ।
चलचित्रमा नायक तेज गिरि र नायिकामा बेनिशा हमालसँगै सम्पदा पनि छनोट भएको बताइएको छ । यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए ।
यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पवन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारी लगायतको अभिनय रहनेछ भने सञ्जय लामाले छायाङ्कन गर्ने भएका हुन् ।
विगत २५ वर्षदेखि नेपाली चलचित्र जगतमा स्पट ब्वाइका रूपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र वैशाख पहिलो साताबाट छायाङ्कनमा जाने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।