सीता ललितपुर मेयर वुमन्स च्याम्पियनसिपको सर्वोकृष्ट खेलाडी

एपिएफ क्लबकी कप्तान सीता रानामगर ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएकी छन् ।

उनले टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । सीताले ब्याटिङमा ५ खेलबाट १ अर्धशतकसहित १२३ रन प्रहार गरिन् । अविजित रहँदै ५२ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन थियो ।

बलिङमा उनले ५ खेलबाट ५ विकेट दिइन् । २३ रन दिएर २ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन थियो ।  

प्रदेश-१ की कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भइन् । टोलीलाई फाइनल पुर्‍याउन नसके पनि रुविनाले ४ खेलमा १ अर्धशतकसहित १६१ रन प्रहार गरेकी थिइन् । अविजित ६८ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । 

प्रतियोगितामा ५ खेलबाट १० विकेट लिन सफल नेपाल एपिएफ क्लबकी विनु बुढामगर उत्कृष्ट बलर घोषित भइन् । ११ रन दिएर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन थियो । 

सर्वोकृष्ट घोषित हुनेले २५ हजार प्राप्त गर्दा विधागत उत्कृष्ट हुनेले जनही १५ हजार पाए ।





  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार १५:४३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया