माधव नेपालको उपस्थितिमा पर्सामा समानान्तर कमिटी गठन

एमाले वरिष्ठ नेता माधव नेपाल समूहले पर्सामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ। 

सो समूहले  बालगोपाल थापाको अध्यक्षतामा १ सय ७५ सदस्यीय समानान्तर कमिटी बनाएको हो । 

पछिल्लो समय एमालेमा बढेको विवादले भित्रभित्रै गम्भीर रूप लिँदै गएको छ। 

पार्टी अध्यक्ष केपी ओलीको कारबाहीमा परेपछि माधव नेपाल समूहले समानान्तर कमिटी निर्माणमा तीव्रता दिएको छ। 

सोही क्रममा शनिबार वीरगञ्जमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाले नेता नेपालको उपस्थितिमा नै सो कमिटी गठन गरेको हो। 





  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार १८:५१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया