हेर, म पनि उड्न सक्छु
बेसी कोलम्यान : साहसी महिला, प्रख्यात पाइलट

उनी ग्राहकको नङ सिँगार्ने काम गर्थिन्, सिकागोस्थित एक नाई पसलमा । पैसा नभएकै कारण पढाई छाड्नु परेको थियो । निम्न आयस्रोत भएको परिवारमा जन्मिनुको पीडा नै यही हो, पढ्न चाहेर पनि पाइँदैन । उनीहरुका लागि काम सास जत्तिकै महत्वपूर्ण हुन्छ । परिवारबाट दबाब थिएन, बरु उत्साह भरिदिने र उत्साह बढाउने नै थिए । तर, जब पैसा हुँदैन, तब प्रेरणा र उत्साहले केही काम गर्दैन । 

पहिलो विश्व युद्धको समाप्तिसँगै अनायास वायुमण्डल सुगन्धित हुन थाल्यो । हावाले छुट्टै किसिमको खुसी सञ्चार गर्न थाल्यो । यसको सबैले आभास गर्न थाले । यस्तो लाग्थ्यो, मानौँ, सबै मिलेर आफूले गरेको एक ठूलै गल्ती सुधारेका छन् । युद्धमा होमिएकाहरू आआफ्नो घर फर्किरहेका थिए, युद्धका अनेकन दुःखद किस्साहरू सँगालेर, युद्धका डोबहरु सँगालेर ।  

उनी पनि युद्धबाट फर्केर आएकाहरूले सुनाएका किस्साहरू खूब सुन्थिन् । उनका भाइ जोन पनि फ्रान्सबाट फर्किएका थिए, युद्ध मोर्चामा सरिक भएर । उनलाई हवाइजहाजका किस्सा सुन्न सबैभन्दा मन पथ्र्यो । विमान कसरी उड्छ, कसरी अवतरण हुन्छ र कहिलेबाट उड्न थालेको हो ? यस्ता यावत् प्रश्नले दिमागमा डेरा जमाउन थाले । उनको दिमागमा विमान आकाशमा उड्दा उड्दै कहाँ हराउँछ ? फेरि कहाँबाट एकाएक प्रकट हुन्छ ? जस्ता जिज्ञासा मडारिन थाले, जसरी वर्षायाममा बादल आकाशमा मडारिन्छ । तर, यी प्रश्न उनको दिमागमा हरेक समय मडारिन थाले ।

उनलाई लाग्यो, आखिर विमानमा त्यस्तो के छ ? मैले किन यान उडाउन सक्दिनँ होला ? चालक पुरुष वा महिला हुनुले के फरक पार्छ ? चलाउन आए त जसले पनि उडाउन सक्छ होला नि । विमानलाई महिलासँग किन समस्या हुन्छ ?

भाइले हरेक पल्ट विमानबारे बताइरहँदा उनको जोड महिलाहरु कसरी विमान उडाउँथे भन्ने कुरामा हुन्थ्यो । भाइको कुरा सुनेर उनी आश्चर्यचकित हुन्थिन् । उनले त्यसअघि महिला पाइलटबारे सुनेकै थिइनन् । 

महिला विमान चालकबारे चर्चा गर्दै भाइले एकदिन भने, ‘फ्रान्सका महिला यति राम्रोसँग विमान उडाउँछन्, कसैलाई लाग्दैन विमान महिलाले नै उडाइरहेका भनेर। तिमी त्यति राम्रोसँग कहिल्यै उडाउन सक्दिनौ ।’



भाइको यो वाक्य उनको मनमा भुइँमा घोप्टिएको चूकझैँ गाढा बनेर बस्यो । यति मात्रै होइन, भाइको यो वाक्यले उनको मनमा इख नै पलायो । उनलाई लाग्यो, आखिर विमानमा त्यस्तो के छ ? मैले किन यान उडाउन सक्दिनँ होला ? चालक पुरुष वा महिला हुनुले के फरक पार्छ ? चलाउन आए त जसले पनि उडाउन सक्छ होला नि । विमानलाई महिलासँग किन समस्या हुन्छ ?

भाइले दिदीलाई हरेक किस्सा अतिरञ्जित गरेर सुनाएका थिए, तर भाइको हरेक कुरालाई सत्य ठानेर उनले गम्भीरता साथ लिइन् । र, भाइका हरेक कुरालाई चुनौती सम्झिइन् । अब उनले प्रण गरिन्, अब कसै गरी विमान उडाउँछु । त्यसका लागि उनले सबैभन्दा पहिला विमान उडाउन चाहिने सीप लिने सोचिन् । त्यसो त त्योबेला अमेरिकामा एकदुई महिला चालक पनि थिए । 



त्यसबेला अश्वेत पुरुषले समेत विमान उडाउन नसकेका बेला महिलाले सक्ने कुरा परको थियो । तर, फ्रान्सका महिला विमान उडाउन सक्छन् भने अमेरिकी महिला किन सक्दैनन् ? आफूले आफैंलाई एउटा गम्भीर प्रश्न सोधिन्।

उनलाई लाग्यो, म पनि अमेरिकी महिला नै हुँ, यो धारणा मैले पनि परिवर्तन गर्नुपर्छ । उनले महिला पुरुषको तुलनामा कमजोर नहुने कुरा प्रमाणित गरेर देखाउने अठोट गरिन् । 

त्यसपछि उनले विमान चलाउने सिप सिक्न चाहिने अतिरिक्त पैसाको बन्दोबस्त गर्न थालिन् । साथसाथै अमेरिकी विमान स्कुलमा आवेदन दिन पनि सुरु गरिन् । 

उनको आवेदन देखेर सबै हाँस्थे । पहिलो कुरा त उनी महिला थिइन्, त्यसमाथि अश्वेत । उनलाई सबैले गिज्याउँथे– तिमी विमान उडाउन होइन, घरको कामका लागि हौ, जाऊ घरमा काम गर । तर, उनले आफूलाई कसैका व्यंग्य र अपमानको वाणले घाइते हुन दिइनन्, आफ्नो सपना मर्न दिइनन् । आफूलाई भनिरहिन्– जहाँ इच्छा त्यहाँ उपाय । उनले सोचिन्, यहाँ सिक्न पाइएन भने केही छैन, दुनियाँको जुनसुकै कुनामा गएर विमान चलाउन सिक्छु । तर, कसैको निरुत्सहानले सपनाको बाटोमा हिँड्न छाड्दिनँ । 

त्यसबेला अश्वेत पुरुषले समेत विमान उडाउन नसकेका बेला महिलाले सक्ने कुरा परको थियो । तर, फ्रान्सका महिला विमान उडाउन सक्छन् भने अमेरिकी महिला किन सक्दैनन् ? आफूले आफैंलाई एउटा गम्भीर प्रश्न सोधिन्।

उनले आफ्नो सपना साकार गर्न फ्रान्स नै जानुपर्ने भयो । ज्यान लगाएर फ्रेन्च भाषा सिक्न थालिन् । अन्तत्वगत्वा केही मान्छेको सहायतामा फ्रान्स पुगिन् । उनको भाग्यको ढोका खुलेको थियो । 

विमान चलाउन पोख्त भएपछि १५ जुन, सन् १९२१ मा बेसी कोलम्यानलाई फेडरेशन उरोनोटिक इन्टरनेसनलले स्नातकको उपाधि दियो । पाइलटको लाइसेन्स पाउने पहिलो अफ्रिकी–अमेरिकी बनेर उनी स्वदेश फर्किइन् । आफ्नो देशमा विमान उडाएर सनसनी मच्चाइन् । उनका हरेक कदम इतिहासमा स्वर्ण अक्षरले मात्रै कुँदिएन, अकाशमा उड्न चाहने हरेक महिलाका लागि अवसरको ढोका पनि पनि खोलिदिइन् । उनी सबैका लागि प्रेरणाकी पात्र बनिन्, उदाहरण बनिन् । 

उनी अक्सर भन्थिन्, ‘आकाश मात्रै एउटा यस्तो ठाउँ हो, जहाँ पुरुष र महिलाबीच विभेद हुँदैन । मलाई थाहा थियो, न कोही पुरुष भएकैले पाइलट बन्न सक्छ, न त कोही महिला भएकैले पाइलट बन्न सक्दैन । पाइलट हुन सीप चाहिन्छ । मैले सीप सिक्न आफ्नो ज्यानै जोखिममा राखेर अगाडि बढेँ ।’

बेसी कोलम्यान विमानको दुनियाँमा एक यस्तो नाम हुन्, जसलाई कसैले चाहेर पनि बिर्सिन सक्दैन । बेसी कोलम्यानलाई इंगित गर्दै पहिली अफ्रिकी–अमेरिकी अन्तरीक्षयात्री मेइ जेमिसनले भनेकी थिइन्, ‘बेसी कोलम्यमन एक यस्तो नाम हो, उनी एक यस्ती महिला हुन्, उनी एक यस्ती ऊर्जा हुन्, जो पूरै मानवताका लागि आदर्श छिन् । उनी शक्ति, गरिमा, साहस र सौन्दर्यकी उदाहरण हुन् ।’

(लाइभहिन्दुस्तान डटकममा प्रकाशित यो स्टोरी फरकधारकर्मी कमल विष्टले अनुवाद गरेका हुन्)

  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार २०:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया