इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा उपाधिनजिक रहेको म्यानचेस्टर सिटी पराजित भएको छ । पहिलो हाफपछि १० खेलाडीमा सीमित भएको लिड्स युनाइटेडसँग सिटी २–१ ले पराजित भएको हो ।
उसकै मैदानमा सिटीलाई हराउने क्रममा लिड्सका लागि ४२ औँ मिनेटमा स्टुवर्ट डालासले पहिलो गोल गरेका थिए । त्यसको ३ मिनेटपछि लिड्सका कप्तान लियाम कुपरलाई रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । १० खेलाडीमा सीमित भएको लिड्समाथि सिटीले निरन्तर दबाब बनाएको थियो ।
खेलको ७६औँ मिनेटमा सिटीका लागि फेरान टोरेसले गोल गर्दै खेल बराबरी गरेका थिए । तर ९० मिनेटपछिको अतिरिक्त समय ९१औँ मिनेटमा स्टुवर्ट डालासले अर्काे गोल गरी सिटीलाई निरास बनाए ।
हारपछि पनि ३२ खेलपछि सिटीको ७४ अंक रहेको सिटी शीर्ष स्थानमा छ । जित हात पारेको लिड्स ३१ खेलबाट ४५ अंक बनाउँदै नवौँ स्थानमा छ।
गएराति नै भएको खेलमा साविक विजेता लिभरपुलले जित हात पारेको छ । लिभरपुलले एस्टन भिल्लालाई २–१ ले हराएको हो ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा ४३औँ मिनेटमा वाटकिन्सले भिल्लाको गोलबाट एस्टल भिल्लाले सुरवाती अग्रता बनाएको थियो । मोहमद शलाहले ५७औँ मिनेटमा गोल गरी खेल बराबरी बनाएका थिए । ९० मिनेटपछिको अतिरिक्त समयमा ट्रेन्ट अलेक्सान्डर आर्नोल्डले गोल गर्दा लिभरपुल जित हात पार्न सफल भयो ।
जितपछि लिभरपुल लिगको पाँचौ स्थानमा उक्लिएको लिभरपुलको ३१ खेलबाट ५२ अंक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।