छिमेकी मुलुक भारतमा दिनदिनै कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्ला २४ घण्टामा भारतमा कोरोना महामारी सुरु भएयताकै धेरै संक्रमित थपिएका छन् ।
भारतीय मिडियामा आएका खबर अनुसार २४ घण्टामा भारतमा १ लाख ५२ हजार ५६५ नयाँ संक्रमित थपिएका छन् ।
यसै समयका ९० हजार ३२८ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ८३८ छन् ।
अहिले सक्रिय संक्रमित ११ लाख ५२ हजार ७० पुगेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
भारतमा हालसम्म जम्मा संक्रमितको संख्या १ करोड ३३ लाख ५५ हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या करिब १ लाख ७० हजार छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।